दफा ७२
परिचालक अनुमतिपत्र खारेज गर्न सकिने
(१) दफा ६५ मा लेखिएको कुनै अयोग्यता परिचालकमा भएको प्रमाणित भएमा अधिकार प्राप्त अधिकारीले त्यस्तो परिचालकको परिचालक अनुमतिपत्र खारेज गरी सो अनुमतिपत्र फिर्ता बुझाउन परिचालकलाई आदेश दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिमको आदेश प्राप्त भएको मितिले सात दिनभित्र परिचालकले आफ्नोे परिचालक अनुमतिपत्र अधिकार प्राप्त अधिकारी समक्ष फिर्ता बुझाउनु पर्छ ।